२२ जना प्रहरी कर्मचारी आफूखुसी सम्पर्कविहीन,एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

२२ जना प्रहरी कर्मचारी आफूखुसी सम्पर्कविहीन,एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

काठमाडौँ ।
प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर हुन भनेको हो ।

गैरहाजिरीमा रहेकाहरुको खोज तलास गराउँदा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको सूचनामा उल्लेख छ।

आफूखुसी गैरहाजिर भएकाहरुमा १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्राविधिक प्रहरी सहायक हबल्दार, १६ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी छन् ।गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षकहरु विवेक सायद, देवकी थापा र प्रकाश थारु छन् । उनीहरु गत जेठ महिनादेखि सम्पर्कमा छैनन् ।यसैगरी प्राविधिक प्रहरी सहायक हबल्दार नरकुमार ओजी गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन छन् ।

 

Leave a Reply