शेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

शेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि बढ्यो

 

काठमाण्डौ – शेयर बजार लगातार आठौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७६ अङ्कले बढेर २ हजार ९ सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन मञ्जुश्री फाइनान्स कम्पनीको डिबेन्चर ४ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका ३ करोड ८९ लाख कित्ता शेयर १८ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यसैबीच बजार पूँजीकरण अहिलेसम्मकै धेरै ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply