-सुर्जन जंग क्षेत्री
काठमाडाैं । स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले एक वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । मन्त्री पौडेलले एक वर्षे प्रगति विवरण सार्वजनिक गर्दै स्वास्थ्य सेवा सुधारका लागि विपन्न नागरिकका लागि निःशुल्क उपचार, स्वास्थ्य बिमा सुधार र खोप अभियानलाई जोड दिइएको बताए । यस्तै नीतिमा सुधार, जनशक्ति थप र एमबीबीएस कोटा वृद्धि गर्ने निर्णय पनि भएको छ । निर्णयहरु कार्यान्यनमा भने मन्त्री पौडेल कति सफल होलान् भन्ने आम जिज्ञासा छ ।
कुनैपनि मन्त्रालय र सरकारी निकायले नागरिकको मन जित्ने काम गर्न नसकेको भन्ने आरोप खेप्दै आएका छन् । तर यो वर्ष स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा ल्याएको सकारात्मक परिवर्तनले धेरैको ध्यान तानेको छ । मन्त्रालयले एक वर्षमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि भएका प्रयासहरु आशा लाग्दा छन् । स्वास्थ्य मन्त्री प्रदिप पौडेले आफ्नै सक्रियता र दुरदृष्टिले गर्दा स्वास्थ्य क्षेत्रमा सुधार सफल भएको ठोकुवा समेत गरेका छन् । मन्त्रालयले एक वर्षे प्रगति विवरण सार्वजनिक गर्दै नागरिकमैत्री र गुणस्तर स्वास्थ्य सुधारका लागि सफल सुरुवात गरेको दावी गरेको छ । उनले आठ प्रकारका जटिल रोगका बिरामीलाई यसअघि एक लाख सहायता रकम भएकामा अब दुई लाख पुर्याईएको विवरणमा सार्वजनिक गरेका छन ।
पौडेलले सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि नीतिगत निर्णय गर्नुका साथै स्वास्थ्य बिमा सुधारले नतिजास्वरूप परिवर्तन देखिन थालेको दाबी समेत गरेका हुन । एक वर्ष प्रगति विवरण्मा बिमाको सुधारका लागि कार्यदल बनाएर त्यसको सुझावका आधारमा कार्ययोजनासहित बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन र नागरिकको पहुँच र सुविधा बढ्ने गरी काम थलिएको जनाएको छ । जसअन्तर्गत अब नागरिकले बसेकै ठाउँबाट सेवा लिन पाउने, हरेक तहमा स्वास्थ्य बिमाको प्रथम बिन्दु कायम गर्ने व्यवस्था भएको उनको भनाइ छ । स्वास्थ्य बिमाको बक्यौता रकम यसपालि बजेटमै विगतको बक्यौता शून्यमा झार्ने गरी व्यवस्था भएको स्वास्थ्य मन्त्री पौडेलले बताए ।मन्त्री पौडेलले स्वास्थ्यमा सकारात्मक सुधारको सुरुवात गरेको दाबी गरेका छन् ।सिकसेल एनिमिया तथा हेमोफिलियाजस्ता जटिल रोगमा विपन्न नागरिकको उपचारका लागि निःशुल्क उपचारका साथै बाल क्यान्सर र नेपालमा औषधि प्राप्त गर्न कठिन जटिल क्यान्सरका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको मन्त्रालयको दाबी छ ।
विपन्नलाई जलन उपचारसमेत निःशुल्क गरेको र थारु समुदायले वर्षौँदेखि भोगिरहेको सिकलसेल तथा थालिसिमियाका बिरामीलाई बेग्लै वार्ड तथा निःशुल्क खोपको व्यवस्थासमेत गरिएको मन्त्री पौडेलले एक वर्ष प्रगति विवरणमा समर्वजनिक गरेका छ । राजधानी केन्द्रित क्यान्सर, मुटु रोग, मानव अङ्ग प्रत्यारोपणजस्ता विशिष्ट उपचार प्रादेशिक अस्पतालमा विस्तार गरिएको छ । सातै प्रदेशमा जलन उपचार, मुटु उपचार सेवा भरतपुर तथा भेरी अस्पतालमा सुरुवात गरेको पनि दाबी गरे ।
त्यस्तै मन्त्रानलयको मन्त्री पौडेलले अस्पतालको सेवा सुधार र विस्तारसँगै रोग लाग्न नदिन नागरिकहरूलाई स्क्रिनिङ तथा खोप अभियानमा विशेष जोड दिएका छन् । जसअनुसार धेरै महिलाहरूको ज्यान जाने कारक पाठेघरको मुखको क्यान्सरबाट किशोरी उमेरदेखि जोगाउन सफलतापूर्वक पाठेघरको मुखको क्यान्सरविरुद्ध राष्ट्रव्यापी खोप अभियान सम्पन्न भएको बताए।यस्तै मन्त्री पौडेलले विपन्न वर्गका विद्यार्थीले बढी विश्वास गर्ने सरकारी अस्पतालहरूमा एमबीबीएसको कोटा थप गर्ने काम भएको जिकिर गरेका छन ।
यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत चार सय पीजी फ्याकल्टी थपको निर्णय गरेको मन्त्रालयको दाबी छ । मन्त्रालयले गरेका निर्णय नागरिकदायी छन । जुन निर्णय मन्त्रालयले कार्यान्यन गर्न सके सबै नागरिकले स्वास्थ्य सेवामा गुणस्तर पाउने छन् । नत्र निर्णय मात्रै गर्ने कार्यान्यन फितलो भए यस्ता निर्णयहरु कागजमै सीमित हुनेछन ।





