'अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन' | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

‘अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन’

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गर्नुभएको छ । बुधबार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गर्नुभएकाे हाे ।

पूर्वप्रधानमन्त्री खनालले एकपछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको बताउनुभयो । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताउनुभयो ।

हरेक दिन २५ सय नेपालीहरु विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै प्रश्न गर्नुभयो ।

सम्मानित नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको बताउनु भयो । ०६२—०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको बताउनुभयो ।

Leave a Reply