अनुसन्धानमा दाेषी देखिए कारबाही हुन्छ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

अनुसन्धानमा दाेषी देखिए कारबाही हुन्छ : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा उहाँले  गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने बताउनुभएको हो ।

मन्त्री गुरूङले निःवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उहाँले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको र नयाँ मन्त्री पनि आइसक्नुभएको बताउनुभयो ।

सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने भन्दै मन्त्री गुरूङले तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply