एक वर्षमा ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिएकाे वनमन्त्रीकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

एक वर्षमा ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिएकाे वनमन्त्रीकाे दाबी

काठमाडाैं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ठकुरीले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।

मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उहाँको दाबी छ । उहाँले मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै आवश्यक कानूनी सुधार भएको बताउनुभयो । उहाँले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताउनुभयो ।

कन्त्री शाहीले  वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानको लागि सम्झौता भएको उल्लेख गर्नुभयो । मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रुपमा सफल भएको दाबी गर्नुभयो ।

उहाँले हिमाली क्षेत्रका जिविकोपर्जनको लागि यार्सागुम्बाको निकासीको लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि बताउनुभयो । उहाँले वन क्षेत्रको वृद्धि, विस्तार काठको उपयोगमा समेत वृद्धि भएको दाबी गर्नुभयो । उहाँले मन्त्रालयको मुख्य कार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको पनि बताउनुभयो ।

मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताउनुभयो । उहाँले वनभित्र रहेका सडेगलेका रुखहरुको उपयोगमा बढावा दिइएको पनि बताउनुभयो । उहाँले वन मन्त्रालयमार्फत एक वर्षको अवधीमा ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिइएको दाबी गर्नुभयाे ।

उहाँले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताउनुभयो । उहाँले वन व्यवस्थापन तथा संरक्षण गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले विभिन्न क्षेत्रमा सम्भावित कार्बनको व्यापारको खाका समेत तयार पारिसकिएको बताउनुभयो । मन्त्री ठकुरीले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विषेश पहल भएको बताउनुभयो ।

Leave a Reply