विधेयकमाथि छलफल गर्न विज्ञ नियुक्ति गर्दै संसदीय समिति | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

विधेयकमाथि छलफल गर्न विज्ञ नियुक्ति गर्दै संसदीय समिति

काठमाडाैं । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो ।

समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि बृहत छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले बताउनुभयो ।

त्यसका लागि समितिमा काशिराज दाहाल र माधव पौडेलेको नाम प्रश्तावित समेत भएको छ । तर समितिका सांसदहरुले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरु ज्ञाता नभएको भन्दै अन्य विज्ञहरु नियुक्ति गर्नु उचित हुने धारणा राख्नुभयो । सभापति साहले सांसदहरुसँग विज्ञहरुको नाम भए दिन आग्रह गर्नुभएको छ ।

समितिले पारीश्रमीक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानून झनै राम्रो निर्माण गर्न सकिने सांसदहरुको धारणा छ ।

Leave a Reply