सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहको संरक्षण गराैँ : उपप्रमुख डङ्गाेल | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहको संरक्षण गराैँ : उपप्रमुख डङ्गाेल

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उहाँले संगीत जनताका आवाज भएकाे बताउनुभएको हो ।

उपप्रमुख डङ्गाेलले हरेक टोल, समुदाय,  कुच,  गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताउनुभयो । मूर्त सम्पदाहरु शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको स्वास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताउनुभयो । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको उहाँकाे भनाइ छ।

उपप्रमुख डंगोलले पुस्तौंदेखिका सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहरुको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । परम्परागत टोल, गुठी, खलहरुले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको बताउनुभयो । पर्व, बाजा, जात्राहरुमा आफ्नो पहिचान रहेको बताउनुभयो ।

 

Leave a Reply