काठमाडाैं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरु अगाडि बढाइएको बताउनुभएकाे हाे।
उहाँले यो लक्ष्य हासिल भएमा मुलुक उर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्युत पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गर्नुभयो ।
सरकारले सन् २०३५ भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रम अघि बढाइएको पनि मन्त्री खड्काले बताउनुभयो ।





