काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताउनुभएको छ । संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सोमबार समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूची रहेको छ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश थापाले कार्ययोजना प्रस्तुत गर्नुभएसँगै बोल्दै सांसद शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले समाज अहिले विचार विहीनताको अवस्था रहेको बताउँदै यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको बताउनुभयो । लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने उहाँकाे भनाइ छ।
सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्न्ने नरहेको बताउनुभयो ।





