आँपको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गराैँ : कृषिमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

आँपको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गराैँ : कृषिमन्त्री

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशमा आँपको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने बताउनुभएको छ ।  शुक्रबारदेखि काठमाडौंमा शुरु भएको ‘नेपाल म्याङ्गो फेस्ट २०२५’को अवलोकन गर्न पुग्नुभएका कृषिमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले आँपको जात तथा उत्पादन सम्बन्धी वैज्ञानिक अनुसन्धान र क्षेत्रअनुसारको व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसका लागि किसानहरुले समेत सहयोग गर्न जरुरी रहेको बताउनुभयो । उहाँले किसानले उत्पादन बढाउन सकेको खण्डमा आयात प्रतिस्थापन गर्न सकिो बताउनुभयो ।

नेपालमा बढ्दो आँपको मागलाई ध्यानमा राख्दै सरकार आँपको उत्पादनमा वृद्धि गर्न दीर्घकालीन योजना बनाइरहेको समेत उहाँको भनाइ छ।

Leave a Reply

ताजा समाचार