गुठीमा जान चाहने निजी विद्यालयहरूलाई विभिन्न छुट दिने प्रस्ताव समितिबाट पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

गुठीमा जान चाहने निजी विद्यालयहरूलाई विभिन्न छुट दिने प्रस्ताव समितिबाट पारित

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत् सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रस्ताव पारित गरेको छ । बिहीबार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी दफा ४ पारित भएको घोषणा गर्नुभयो ।

समिति सभापति थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेको खण्डमा प्रोत्साहन स्वरूप विभिन्न छुट र सुविधा दिने प्रस्ताव पेश गर्नुभएको थियो । समिति बैठकमा सांसदहरूले निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र गैर नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply