छुर्पी र रुद्राक्षमा लाग्ने कर खारेज, स्थानीय उत्पादनकाे संरक्षण र प्रवर्द्धन हुने विश्वास | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

छुर्पी र रुद्राक्षमा लाग्ने कर खारेज, स्थानीय उत्पादनकाे संरक्षण र प्रवर्द्धन हुने विश्वास

काठमाडाैं । आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन नगरिएको स्पष्ट पार्नुभएको छ ।  बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महानिर्देशक दाहालले आयुर्वेदिक औषधिमा नयाँ कर लगाइएको नभई अघिल्लो वर्षहरुदेखि लाग्दै आएको कर दरलाई मात्र निरन्तरता दिइएको बताउनुभएको हो ।

महानिर्देशक दाहालले स्थानीय उत्पादनको प्रवद्र्धन र संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुमा कर छुट दिने नीति लिएको समेत बताउनुभयो । उहाँले अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै रहेको बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने हिसाबले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने करसमेत खारेज गरेको उहाँकाे भनाइ छ ।

महानिर्देशक दाहालले अगामी आर्थिक वर्षका लागि बजेट निर्माणका क्रममा करका सम्बन्धमा सरकारको घोषित नीतिभन्दा बाहिर नगएको जिकिर गर्नुभयो ।

 

Leave a Reply