राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ प्रभावित : सांसद थानी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ प्रभावित : सांसद थानी

काठमाडाैं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले नेपाल प्रहरीको आन्तरिक संरचना र नेतृत्व प्रणालीमा भइरहेका लगातारका राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरूको उल्लेख गर्दै ती कदमले प्रहरी सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई नै कमजोर बनाएको तर्क गर्नुभयो । उहाँले ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गरेकोदेखि ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरी अदालतबाट जितेर आइ दुई पटक आइजिपी बनेको इतिहास समेत रहेको स्मरण गराउनुभयो ।

उहाँले कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएकोदेखि पहिलो नम्बरकोलाई छाडेर तेस्रो र दोस्रो नम्बरकोलाई आइजिपी बनाउँदै अदालतसम्म पुर्याएको इतिहास समेत रहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक हस्तक्षेपका बीच कमाण्ड एन्ड कन्ट्रोलमा चल्ने प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीसहितको सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

सांसद थानीले राजनीतिक हस्तक्षेप लगायतले नेपाल प्रहरीलाई कमजोर बनाइएको समेत बताउनुभयो ।

Leave a Reply