व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुदैन : सांसद कार्की | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुदैन : सांसद कार्की

काठमाडाैं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै  उहाँले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने बताउनुभएकाे हाे ।

सांसद कार्कीले सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताउनुभयो । सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गर्नुभयो । सबै व्यवसायीहरुको सटर खुल्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँकाे भनाइ छ ।

Leave a Reply