काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाउनुभएको हो ।
उहाँले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मानव तस्करी केवल कानूनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानविन समिति गठन गर्न माग गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विगत गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।





