काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गर्नुभयो । उहाँले चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताउनुभयो ।
बजेटप्रति प्रतिपक्षभन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु रहेको दाबी गर्दै उहाँले अर्थमन्त्रीसँग राष्ट्रनिर्माणको सबैभन्दा ठूलो भूमिका हुने जिकिर गर्नुभयो ।




