तिनकुने घटनाकाे जिम्मेबारी राज्यले लिनुपर्छ : धवलशमशेर राणा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

तिनकुने घटनाकाे जिम्मेबारी राज्यले लिनुपर्छ : धवलशमशेर राणा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेबारी राज्यले लिनुपर्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गर्नुभएको हो ।

सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गर्नुभएको छ । प्रसाईं निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गर्नुभयो ।

उहाँले उहाँले भन्नुभयो, ‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो । दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन । राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानविनको माग गरेका छौँ । सरकार छानविन गर्न किन डराइरहेको छ ?’

उहाँले घटनाको निष्पक्ष छानविनका छानविन समिति बनाउन समेत माग गर्नुभयो ।

 

Leave a Reply