लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न स्काउटको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न स्काउटको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुव्र्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु संस्थाले अङ्गिकार गरेको महान उद्देश्य र लक्ष्य अनुरुपकै कदम भएको जिकिर गर्नुभयो । सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिस्कृत, उन्नत, व्यवस्थित र समावेसिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि भएको बताउनुभयो । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि स्काउट सक्रिय हुनु अर्को सकारात्मक पक्ष भएको बताउनुभयो । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले युवा युवतीलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा थप सक्रिय बनाउनु स्काउटको महत्वपूर्ण लक्ष्य हुनुपर्ने बताउनुभयो । युवा स्वयंसेवक परिचालन अन्तर्गत २०८१—०८२ मा ५० हजार भन्दा बढी युवा स्काउट स्वयंसेवकका रुपमा परिचालित भएको खुशीको कुरा भएको बताउनुभयो । नेपाल स्काउटले प्राकृतिक विपद् व्यवस्थापन, लागुपदार्थ दुव्र्यसन निवारण, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना र महिला उद्यमशिलता प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

Leave a Reply