२०८२,३,१
हप्ताको पहिलो दिन शेयर बजार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ४७ अङ्कले बढेर २ हजार ६ सय ५५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन समूहको शेयर झन्डै डेढ प्रतिशतले उकालो लागेको छ । आज ग्रीन विकास बैंक, प्योर इनर्जी, छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर भने सबैभन्दा धेरै ४ दशमलव ४३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम घटेको छ । गएको बिहीवार १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय ८ वटा कम्पनीका २ करोड ५३ लाख कित्ता शेयर ११ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ




