इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल होस् : माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल होस् : माओवादी केन्द्र

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले  करिब सात हजार नेपालीहरू इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गर्नुभएकाे हाे ।

उहाँले इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गर्नुभयो ।  ‘इजरायल र इरानबीच भीषण लडाईं भइरहेको छ । ७ हजार भन्दा बढी नेपालीहरु इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपालीहरु रहेका छन् ।’, सचिव पौडेलले भन्नुभयो, ‘उहाँहरुको सुरक्षाको निम्ति नेपाल सरकारले के पहल भइरहेको छ ? उहाँहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस् ।’

सांसद पाैडेलले बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गर्नुभयो ।

Leave a Reply