पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला,घटनास्थलमा सुसाइड नोट | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला,घटनास्थलमा सुसाइड नोट

जेठ ११ आइतबार ।
रोशनी शाही आइतबार भक्तपुरमा मृत फेला परेकी छन । बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् ।भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको  जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।

शाहीले तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउएकी थिइन। पछि
महराले यसमा सफाइ पाएका थिए ।

 

 

 

Leave a Reply