२०८२,१,१८
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताउनुु भएको छ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाँउमा बसेर रोजगारी गर्न सक्ने बताउनुुभयो । मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गर्नुुभएको थियो । कार्यक्रममा मे दिवसको शुभकामना आदानप्रदान गर्दै मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभएको छ ।
पञ्चायती व्यवस्थामा पासपोर्ट नबन्ने भएकाले विदेश जाने प्रायः असम्भव हुने गरेको उहाको भनाई छ । उहाँले नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना पछि नेपालीहरू अध्ययन, रोजगारी तथा विभिन्न अभिप्रायले विदेश जाने वातावरण निर्माण भएको बताउनुुभयो । पूर्वउपसभापति श्रेष्ठले खाडीलगायत ठूलो संख्यामा प्रवासी नेपाली रहेका देशमा संगठन बिस्तार गरी कांग्रेसको पक्षमा जनमत हुने वातावरण सिर्जना गर्न जनसम्पर्क समितिलाई आग्रह गर्नुभयो । ।





