राप्रपा नेपालले रत्नपार्कको शान्तिबाटिकामा आज जनप्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

राप्रपा नेपालले रत्नपार्कको शान्तिबाटिकामा आज जनप्रदर्शन गर्दै

२०८२,१,१५

राप्रपा नेपालले रत्नपार्कको शान्तिबाटिकामा सोमबार जनप्रदर्शन गर्दैछ। भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम हुने भएको छ। कार्यक्रम दिउँसो साढे १ बजेका लागि तय भएको छ। चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ तथा राजसंस्था पुनस् स्थापनाको मागलाई बन्देज लगाउनेगरी बन्न लागेको कानून तत्काल रोकिनुपर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार जनप्रदर्शन गर्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले ​जानकारी दिनुुभयो ।

अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क ,समन्वय गरिरहेको भन्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग कुरा भएको र उनीहरूले आउने आश्वासन दिएको दाबी महामन्त्री बर्तौलाले गर्नुभएको छ । प्रदर्शनका क्रममा अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाइको निमित्त भ्रातृ संगठन समन्वय विभागले समूह बनाएको पार्टीले जनाएको छ।

Leave a Reply