घट्यो देशभरको वायु प्रदूषण | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८१, बिहीबार

घट्यो देशभरको वायु प्रदूषण

चैत २८ बुधबार ।
केहि हप्ता अघि देखि उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार केही कम भएको छ । काठमाडौंको उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको वर्षाका कारण वायु प्रदूषण घटेको हो ।बिहीबार बिहान ११ः३० बजे उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर मापदण्ड एक्यूआई १४० भन्दा कम छ ।

बुधबार दिउँसोसम्म उपत्यकाका विभिन्न स्थानको एक्यूआई अधिकतम १५० देखि १८० सम्म थियो ।आज उपत्यकाका शंखपार्क, रत्नपार्कको एक्यूआई क्रमशस् १३६ र १२७ मा झरेको छ ।

यस्तै, ललितपुरका खुमलटार, भैँसेपाटीको एक्यूआई पनि घटेर क्रमशस् ८५ र ९० मा झरेको छ । भक्तपुरको एक्यूआई पनि घटेर ९० मा झरेको छ ।बुधबार अस्वस्थकर बनेका उपत्यकाबाहिरका इलाम, चिनवनको भरतपुर, दाङको देउखुरी र कैलालीको धनगढीमा पनि एक्यूआई घटेर १०० भन्दा कम मापन भएको छ ।बिहीबार पोखरा सबैभन्दा प्रदूषित छ । सोही समयमा पोखराको एक्यूआई १५६ मापन भएको विभागको तथ्यांक छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);