काठमाण्डौमा आज पनि वायु प्रदूषण उच्च, विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

काठमाण्डौमा आज पनि वायु प्रदूषण उच्च, विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

 

२०८१,१२,२४

काठमाण्डौमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ । दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाण्डौको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा। अहिस श्रेष्ठले बिरामीको सङ्ख्या निक्कै बढेको बताउनुभयो । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् । यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरिरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टर श्रेष्ठको भनाइ छ ।

वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);