ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सयभन्दा धेरै उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सयभन्दा धेरै उजुरी

चैत २० बुधबार ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा ११५१मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।हटलाइनमा फागुन महिनामा एक हजार ९ सय २ वटा उजुरी दर्ता भएको छ । चैत महिनाको तेस्रो हप्तासम्ममा पनि एक हजारभन्दा धेरै गुनासो आएका छन् ।

काममा ढिलासुस्ती, सूचनाविना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झटजस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ ।

फेसबुक, भाइबरलगायतका डिजिटल माध्यमबाट सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । सबैभन्दा बढी गुनासो बागमती र मधेश प्रदेशबाट आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका गुनासोलाई सम्बोधन गर्न निर्देशन दिएका छन ।सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने बित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);