सुनको भाउमा कीर्तिमान, तोलाको एक लाख ७६ हजार ८ सय रुपैयाँ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८१, आइतबार

सुनको भाउमा कीर्तिमान, तोलाको एक लाख ७६ हजार ८ सय रुपैयाँ पुग्यो

२०८१,११,१७

सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);