अक्षरा माध्यमिक विद्यालयले ‘अक्षरा एजुकेसन एक्स्पो’ आयोजना | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

अक्षरा माध्यमिक विद्यालयले ‘अक्षरा एजुकेसन एक्स्पो’ आयोजना

school

काठमाडौं, १९ माघ । व्यवहारिक सिकाईको उपलब्धिबारे जानकारी दिने उद्देश्यले काठमाडौँस्थित अक्षरा माध्यमिक विद्यालयले ‘अक्षरा एजुकेसन एक्स्पो’ आयोजना गरेको छ । काँडाघारिस्थित विद्यालय प्राङगणमै आयोजित एक्स्पोमा विभिन्न विषयसँग सम्बन्धित २० वटा स्टल राखिएको थियो ।

वर्षभरि विद्यार्थीले सिकेका कुरा जानकारी गराउने तथा विद्यार्थीको अन्तरक्रियात्मक क्षमता वृद्धि गर्न एक्स्पोको आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक अन्जु भट्राईले जानकारी दिए । यस्तो प्रदर्शनी आयोजना गर्दा विद्यार्थीले एक वर्षभरि के–के सिके भन्ने कुरा थाहा पाउन सजिलो हुनुका साथै विद्यार्थीले अरुलाई बुझाउँदा उहीहरुको बौद्धिक क्षमता एवं नेतृत्व विकासमा सघाउ पुग्ने विद्यालयको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);