सम्हालियो सेयर बजार, सबै सूचक बढे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८१, आइतबार

सम्हालियो सेयर बजार, सबै सूचक बढे

२०८१,१२,१३

बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २६सय२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो । कुल २३१ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २र२ प्रतिशत बढेका छन ।बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढेका छन ।

माउन्टेन हाइड्रोको मूल्य ५.८५, स्वेतगंगा हाइड्रोपावरको ५.३५, मनकामना इन्जिनियरिङको ५.१९, राप्ती हाइड्रोको ४.९७ तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४.४७ प्रतिशत मूल्य बढ्यो । उपकार लघुवित्तको ७.०९ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.०४ प्रतिशत मूल्य घट्यो । यस दिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);