गणतन्त्रले गरेका कामको प्रचार सञ्चारमाध्यमले गर्नुपर्छ, गृहमन्त्री लेखक | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८१, मंगलबार

गणतन्त्रले गरेका कामको प्रचार सञ्चारमाध्यमले गर्नुपर्छ, गृहमन्त्री लेखक

२०८१,१२,१३

गृहमन्त्री रमेश लेखकले गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमले प्रचारप्रसार गर्नुपर्ने बताएका छन्। उनले समाजमा गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने भाष्य बनाइएको आरोप लगाउँदै यस्तो आह्वान गरेका हुन्। जुद्ध वारुणयन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रले केही पनि गर्न सकेन भन्नु गलत भएको बताए। उनले जनताको आवाज सुन्ने व्यवस्था गणतन्त्र भएको बताए। उनले २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको बताएका छन।

उनले जनताको आवाज कुल्चिएर लोकतन्त्र समाप्त पार्ने राजतन्त्र ठिक कि जनताको आवाज सुन्ने गणतन्त्र ठिक भन्दै प्रश्न गरे। लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमले प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ। वारुणयन्त्रको सेवा तीन रोपनी सात आना जग्गामा पाँच करोड ७६ लाख ९८ हजार लागतमा निर्मित नयाँ भवनबाट शुरु भएको छ। नवनिर्मित भवन २०८१ कात्तिक १ गते कार्यालयलाई हस्तान्तरण गरिएको थियो।

३२ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हवल्दार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सह लेखापाल र तीनजना कार्यालय सहयोगी रहेको जनाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);