कुलमानप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने– नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन ? | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

कुलमानप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने– नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन ?

फागुन १२ मंगलबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी प्रकट गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका अन्धकार कुनै एक व्यक्तिका कारणमात्रै नहटेको बताएका हुन् ।
उनले त्यसअघिका विभिन्न सरकारहरुले गरेका कामका कारण लोडसेडिङमुक्त भएको उल्लेख गर्दै एक व्यक्तिले मात्रै गरेको हो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

बालुवाटारमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो रु”प्रधानमन्त्री ओलीले देउवाले गल्ती गरेर कुलमानलाई दोहोर्‍याएर ल्याएको बताए । “हिजो त्यही काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो । अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो ।”
ओलीले कुलमानप्रति आक्रोश व्यक्त गर्दै प्रमिथसले पृथ्वीमा आगो ल्याएझैँ लोडसेडिङ अन्त्यको चमत्कार कसरी गरे रु भनी प्रश्न गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);