हमासका शीर्ष राजनीतिक नेता इजरायली हवाई आक्रमणमा मारिए | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८१, आइतबार

हमासका शीर्ष राजनीतिक नेता इजरायली हवाई आक्रमणमा मारिए

चैत १० आइतबार ।
गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल बर्दावील मारिएका छन् । हमासका एक अधिकारीले आइतबार बीबीसीलाई यो जानकारी दिएका हुन् ।हवाई आक्रमणमा बर्दवील र उनकी श्रीमती दुवैको मृत्यु भएको स्थानीयले बताएका छन् । इजरायली अधिकारीका तर्फबाट भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरिएको छैन ।

गएको मंगलबारदेखि इजरायली सेनाले गाजामा फेरि ठूला आक्रमण थालेको छ । यी आक्रमणका निम्ति इजरायलले हमासलाई जिम्मेवार ठहर्‍याएको छ ।्यी आक्रमणपछि जनवरी १९ मा सुरु युद्धविराम सम्झौता समाप्त भएको छ ।

उक्त सम्झौतासँगै गाजामा लगभग दुई महिना शान्ति कायम थियो ।हमासले इजरायलको आरोपको खण्डन गरेको छ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको हमासले आरोप पनि लगाएको छ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पछिल्लो २४ घण्टामा गाजापट्टीका विभिन्न भागमा ३२ प्यालेस्टाइनीको मृत्यु भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);