२०८१,१२,६
शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८८ अङ्कले घटेर २ हजार ६ सय ८२ दशमलव १५ विन्दुमा झरेको छ । आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र जीवन बीमा कम्पनीको शेयर साढे १ प्रतिशतले ओरालो लागेको छ ।
आज सामुदायिक लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ९५ लाख ८३ हजार कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।