चैत ६ बुधबार ।
नेपाली बजारमा सुनको भाउले आज कीर्तिमान बनाएको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ हो ।
सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज सुनको भाउ एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो ।
सुनको भाउ बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ थियो ।