सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा चार हजारले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा चार हजारले बढ्यो

चैत १ शुक्रबार ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्लो कारोबार भएको दिन बुधवार सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन सुनको भाउ तोलामा चार हजार रुपैयाँले बढेको हो ।बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन ।यसअघि गएको फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

सुनको भाउमा नयाँ कीर्तिमान स् तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुग्यो। यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ रहेको थियो ।

सुनको कारोबार भएको यस हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार हजार दुई सय रुपैयाँले बढी हो ।यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

ताजा समाचार