लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट

फागुन २७,  मंगलबार

काठमाडौँ,

नेकपा (एमाले)का सांसद गोकर्ण बिष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठटकमा बोल्दै सांसद विष्टले यस्तो बताउनुभएको हो । लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उहाँको भनाइ छ । उहाँले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिएमात्र समृद्ध राजनीतिलाई समृद्ध बनाउन सकिने बताउनु भयो । उहाँले योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सकेमात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताउनु भयो । उहाँले वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरु देखा परेको उहाँको दाबी छ ।

Leave a Reply