भुक्तानी गर्नै नसक्ने अवस्थामा पुगेको हो बीमा बोर्ड | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

भुक्तानी गर्नै नसक्ने अवस्थामा पुगेको हो बीमा बोर्ड

२०८१,११,१६
झन्डै एक दशकअघि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्ला दिनमा असफलताको बाटोतिर मोडिन थालेको छ। सरकारले गुणस्तरीय स्वास्थ्यसेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो। त्यसयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा आउने हरेक मन्त्रीको चासोको विषय समेत रहँदै आएको छ स्वास्थ्य बिमा कार्यक्रम। तर बीमा सञ्चालन भएको झन्डै एक दशकको यो समयमा स्वास्थ्य बीमा संस्थागत रूपमा सफल हुने बाटोभन्दा असफलताको बाटोतिर मोडिन थालेको छ।

हालै मात्र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक रूपमै स्वास्थ्य बीमाबापत हाल सेवाप्रदायक स्वास्थ्य संस्थाहरूलाई दिनुपर्ने भुक्तानी दिन नसक्ने बोलेपछि स्वास्थ्य बीमाको अबको भविष्य के हुन्छ भन्ने अन्योल छाएको छ।

Leave a Reply