श्रमजीवि पत्रकार सम्बन्धी ऐन परिमार्जन गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिवद्धता, सञ्चार क्षेत्रको सुधार गर्न पत्रकारहरुले मर्यादित भएर काम गर्नुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

श्रमजीवि पत्रकार सम्बन्धी ऐन परिमार्जन गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिवद्धता, सञ्चार क्षेत्रको सुधार गर्न पत्रकारहरुले मर्यादित भएर काम गर्नुपर्नेमा जोड

२०८१,११,१२

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रमजीवि पत्रकार ऐन समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोमवार न्युनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले ऐन समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ऐन संशोधन गर्न अझै केही समय लाग्ने उल्लेख गर्दै उहँँले विद्यमान ऐन कार्यान्वयन गर्नुपर्ने समेत बताउनु भयो । ठूला प्रकाशन गृहको कारण ऐन कार्यान्वयनमा समस्या भएको मन्त्री गुरुङको भनाइ छ । उहाँले ऐन कार्यान्वयमा देखिएका समस्याहरुको समाधान गर्दै सुधार गर्न समेत आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले बन्न बाँकी ऐन र कानूनहरु फास्ट ट्र्याकबाट बनाउन दलहरुबीच सहमति भएको भन्दै लामो समयदेखि
उहाँले सञ्चार क्षेत्रको सुधारका लागि आवश्यक काम गर्ने उल्ल्ेख गर्दै सञ्चार कर्ममा रहेका पत्रकारहरुले समेत मर्यादित भएर काम गर्नुपर्नेमा जोडदिनु भयो । ०००

Leave a Reply