युक्रेनसँग तत्काल युद्ध अन्त्यका लागि वार्ता गर्न रुस तयार भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

युक्रेनसँग तत्काल युद्ध अन्त्यका लागि वार्ता गर्न रुस तयार भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

फागुन १ बिहिबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताउनुभएको छन ।रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत भएको ट्रम्पले दाबी गरेका हुन । उनले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ता अघि बढ्ने बताएको बीबीसीले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्नसमेत सहमत भएको पुष्टि गरेको खबरमा उल्लेख छ ।यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र ट्रम्पबीच पनि फोन वार्ता भएको छ ।

दुवै देशका राष्ट्रपतिसँगको टेलिफोन कुराकानीपछि रुस –युक्रेन युद्ध तत्काल अन्त्य हुने विषयमा चर्चा शुरू भएको छ ।विशेषगरि ट्रम्प–पुटिन संवाद निकै आशाजनक मानिएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटको भनाइ छ ।

Leave a Reply