| ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

माघ २९ मंगलबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा क्षेत्रका बन्धकलाई रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ ।
हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने चेतावनी दिएसँगै ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने बताउनुभएको हो ।उनले युद्धविराम सम्झौताअनुसार हमासले बन्दी रिहा नगरे फेरि युद्ध शुरू गरेर हमासलाई सिध्याउने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा नगर्ने बताएको छ । हमासले बन्धकको रिहाइ बन्द गर्ने भनेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या आएको खबरमा उल्लेख छ ।

 

Leave a Reply