दुई संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

दुई संसदीय समितिको बैठक आज

२०८१,९,१६

संघीय संसद् अन्तर्गत मंगलबार दुईवटा समितिको बैठक बस्दैछ। अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ। छलफलका लागि अर्थमन्त्री विष्णु पौडेललाई समेत बोलाएको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यालयमा शुरु हुनेछ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);