पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गयो

पौष ११ बिहीबार
पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको र अरू धेरै जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।

अस्ति मंगलवार र हिजो बुधवार पाकिस्तानका बम वर्षक विमानले चार ठाउँमा आक्रमण गरेका थिए ।पाकिस्तानी तालिबान टीटीपी लडाकू समूहको शिविरमा हवाई आक्रमण गरेको पाकिस्तानले स्वीकार गरेको छ । तर, अफगानिस्तानको तालिबान सरकारले यसको बदला लिने बताएको छ । यो क्रूर कार्य सबै अन्तर्राष्ट्रिय सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खुराजमीले बताएका छन।

अफगानिस्तानको विदेश कार्यालयले काबुलमा रहेको पाकिस्तानका मिसन प्रमुखलाई आक्रमणबारे जवाफ दिन बोलाएको छ । पाकिस्तानको विद्रोही समूह टीटीपीले लामो समयदेखि हत्या र आतङ्क मच्याउँदै आएको छ । यो समूह अफगानिस्तानको तालिवानप्रति पूणै वफादार रहेको छ । यसको घोषित उद्देश्य पाकिस्तानमा इस्लामिक धार्मिक कानून लागू गर्नु हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);