गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा

पौष ७ आइतबार

गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबिचको वार्ता ९० प्रतिशत पूरा भएको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बताएका छन् । ठुला विषयमा भने वार्ता हुन नसकेको र यसमा कयौँ काम गर्न बाँकी रहेको ती अधिकारीले बीबीसीलाई भनेका छन् । यी प्रमुख मुद्दाहरू मध्ये एउटा चाँहि फिलाडेल्फिया कोरिडोरमा इजरायली सैन्य उपस्थिति भएको बताइएको छ । यो करिडोर इजिप्टको सीमामा रहेको छ । दक्षिणी गाजा क्षेत्रमा यो रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो ।

इजरायल र हमासबीच दोहामा भइरहेको वार्ताको जानकारी पनि ती अधिकारीले साझा गरेका छन् । यसमा इजरायलसँग गाजाको सिमानामा धेरै किलोमिटर चौडा बफर जोन बनाउने बुँदालाई पनि समेटिएको छ ।इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने अधिकारीले भनेका छन् ।

यी समस्या समाधान भएपछि केही दिनभित्रै युद्धविरामको सहमति हुन सक्ने र तीन चरणमा कार्यान्वयन हुने पनि उनले बताए । युद्धविरामको पहिलो चरणमा रिहा गरिएका प्रत्येक महिला सिपाही बापत २० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ । त्यसपछि इजरायली बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गरिनेछ ।

अझै केही बेपत्ता बन्धकहरू कहाँ छन् भनेर पत्ता लगाउन हमासलाई समय लाग्ने ठानिएको छ । गाजामा अझै ९६ इजरायली बन्धक रहेको अनुमान छ । यी मध्ये ६२ जना जीवित रहेको इजरायलको अनुमान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);