मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

पौष ७ आइतबार
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडक खण्ड आजदेखि एक साता दिउँसोमा आंशिक बन्द हुने भएको छ ।
सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

नागढुङगा–मुग्लिङ सडक योजना अन्तर्गत पश्चिम खण्ड बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गरिने छ । त्यो खण्डको पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ । यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिङबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ । मलेखुतर्फबाट मुग्लिङ छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने भएको छ । पछिल्लो समय यो सडकखण्डको कामले तीव्रता पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);