राजनीति

रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री

पौष ३, २०८१ बुधबार

गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताउनुभएको छ । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताउनु भयो । उहाँले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउनु भयो । उहाँले शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने बताउनु भयो । प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने बताउनु भयो । अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताउनु भयो । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भइ कारागार पठाइएको बताउनु भयो ।

गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लंघन नभएको बताउनु भयो । उहाँले उहाँमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको बताउनु भयो । उहाँले काठमाडौंबाट राति नजाऔँ भन्दा गाडीमै जाने र राति नै जाने भन्ने तर चितवनबाट पोखरा शान्ति सुरक्षालाई दृष्टिगत गरेर लैजाँदा मानव अधिकार उल्लंघन भयो भन्नेकुरा बाहिरका मान्छेहरुले भनिरहेको बताउनु भयो । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लंघन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लंघन नहुने हो भन्दै प्रश्न गर्नुभयो ।  अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय, सरकारी वकील कार्यालय, अदालत घेराउ गर्ने गरेको भन्दै भीडले न्याय दिन नसक्ने जिकिर गर्नुभयो । गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताउनु भयो । उहाँले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताउनु भयो ।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । चीन भ्रमणका क्रममा बिआआईअन्तर्गत कुनैपनि ऋण सम्झौता नभएको बताउनु भयो । उहाँले संघ प्रहरीको कानून नयाँ बनाउने काम भइरहेको बताउनु भयो । सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताउनु भयो । संघको प्रहरीलाई थप व्यवस्थित, प्रभावकारी बनाउने गरी सरकार अघि बढेको बताउनु भयो । प्रहरी समायोजनको काम पनि अब चाँडै हुने प्रतिवद्धता जनाउनु भयो
toto slot
slot maxwin
slot online terbaru
k1togel
bandar togel online
daftar togel slot
agen toto resmi

Related Post
Share

This website uses cookies.