संविधान संशोधन गर्ने वेला भएको छैन ः पूर्वप्रधानन्यायाधीश कार्की | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८१, मंगलबार

संविधान संशोधन गर्ने वेला भएको छैन ः पूर्वप्रधानन्यायाधीश कार्की

२०८१,८,२९
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने वेला नभएको बताएकी छन्।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने वेला नभएको बताइन्। उनले संविधान संशोधनको वेला नभई उपयोगको वेला भएको बताइन्।

अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनै पनि संविधानले देश विकास गर्न नसक्ने बताइन्। उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिए पनि शुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताइन्। शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको दावी गरिन्।

कार्कीले भनिन्‚ ‘संविधान संशोधन नहुने भन्ने होइन, संविधानको संशोधन हुनुपर्छ। तर मेरो विचारमा भर्खर ९ वर्ष भएको छ। अरू मुलुकमा सयौँ वर्षसम्म संशोधन हुँदैन भने यसको राम्ररी प्रयोग नभईकन संशोधन हुनुपर्ने आवाज आइरहेको छ। त्यो हुनु हुँदैन। यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो। नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो।’

पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताइन्। उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको स्पष्ट पारिन्।

उनले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकार उल्लंघन भएको बताइन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);