संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री

मंसिर २७, बिहीबार

गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।बिहीवार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले संविधानलाई असफल बनउने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताउनु भयो ।

उहाँले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताउनु भयो । उहाँले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताउनु भयो । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ । उहाँले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताउनु भयो । उहाँले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ती व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रश्तुत हुने बताउनु भयो । जनतालाई कानूनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);