एनपिएलः पोखरासँग सुपरओभरमा पराजित भएसँगै लिग चरणबाट बाहिरियो विराटनगर | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

एनपिएलः पोखरासँग सुपरओभरमा पराजित भएसँगै लिग चरणबाट बाहिरियो विराटनगर

मंसिर २७, बिहीबार

रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा पराजित गर्दै सिद्धान्त बैंक नेपाल प्रिमियर लिगको प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । विराटनगर लिग चरणबाट बाहिरिएको छ । पोखराको जितमा रेमन्ड रिफर नायक बने । खेललाई बराबरीमा पु¥याउनेदेखि सुपर ओभरमा बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन नै पोखराको जितको कारण बन्यो । जवाफमा १४० रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएपछि खेल टाइ भयो । खेलको निर्णय जारी लिगमा पहिलो पटक सुपर ओभरबाट भयो । जहाँ पोखराले विना कुनै विकेटको नोक्शानीमा १८ रन बनायो । सुपर ओभरमा पोखराका रिफर र एन्ड्रेस गाउस ब्याटिङमा आए । बलिङमा सन्दीप लामिछानेले जिम्मेवारी लिए ।

तर सन्दीपको बलिङ फितलो रह्यो । रिफरले दुई छक्का र एक चौकासहित १७ रन र गाउसले १ रन जोडे । जितको लागि १९ रनको लक्ष्य पछ्याएको विराटनगरको लागि मार्टिन गप्टिल र निकोलस क्रिटोन आए । बलिङमा रिफर थिए । उनले कशिलो बलिङ गर्दा विराटनगरले मात्र ५ रन बनायो । रिफरको जादु चल्दा पोखराले सुपर ओभरको जितमा महत्वपूर्ण २ अंक जोड्यो । निर्धारित २० ओभरको खेलमा भने गाउसले ३९, रिफरले अविजित ३४ र कप्तान कुशल भुर्तेलले ३१ रन जोडेका थिए । अन्तिम बलमा रिफरकै छक्कामा खेल बराबरी नतिजामा पुगेको थियो । बलिङमा प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए । यो खेलमा पनि सन्दीप विकेट विहिन बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १३९ रन बनायो । जारी एनपिएलमा दिनको पहिलो खेलमा टस जितेर ब्याटिङ रोज्ने टिम विराटनगर बन्यो । विराटनगरले ३७ रन बनाउँदा तीन विकेट गुमायो । मार्टिन गप्टिल ५ रनमा, लोकेश बम २६ रनमा र नरेश भट्ट ४ रनमा आउट भए । विराटनगरले शुरूवात राम्रो गर्न सकेन । यसपछि चौथो विकेटको लागि स्कट इडवार्डस र निकोलास क्रिटोनले ४३ रनको साझेदारी गरे । निकोलास १९ रनमा आउट भए । यसपछि स्कट ४५ रनमा आउट भए । उनी अर्धशतकबाट ५ रनले चुके । यसपछि बसिर अहमद अविजित २१ रनमा रहे र विराटनगरले १३९ रन बनायो । बलिङमा सागर ढकाल र रेमन रेफरले दुई–दुई विकेट लिए । यो जितसँगै पोखराले ४ अंक बनाएको छ । पाँच खेलमा चौथो हारसहित विराटनगर लिग चरणबाट बाहिरियो । उसले मात्र २ अंक बनाएको छ । लिगबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि लुम्बिनी पनि लिग चरणबाट नै बाहिरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);