बाराको गढीमाई मेलामा दर्शनार्थीको घुइँचो,सर्वसाधारणदेखि भारतका मन्त्रीसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

बाराको गढीमाई मेलामा दर्शनार्थीको घुइँचो,सर्वसाधारणदेखि भारतका मन्त्रीसम्म

मंसिर २४, सोमबार
बाराको बरियारपुरमा चलिरहेको प्रसिद्ध गढीमाई मेलामा आज पनि दर्शनार्थीको उस्तै घुइँचो छ । गढीमाईमा हिजोदेखि शुरू भएको विशेष पूजा भोलिसम्म चल्नेछ । हिजोदेखि दर्शनार्थीको घुइँचो थप बढेको र भोलिसम्म नै घुइँचो हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।मेला लागेको ठाउँ बरियारपुरदेखि १५, २० किलोमिटर टाढादेखि नै गाडीको चाप बढेको छ । दर्शनार्थीको घुइँचो र व्यापारले मेलाको रौनक बढाएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ ।मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताए ।

मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गर्ने काम भइरहेको खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ । मेलामा भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आएका छन्।

यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन्। अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ। मेला आउँदो ३० गते आइतवारसम्म चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);